रिसाएर होइन, ठेस लागेर चुनावमा होमिएको हुँ: पोखरामा महावीर पुन

पाेखरा | फागुन १, २०८२

रिसाएर होइन, ठेस लागेर चुनावमा होमिएको हुँ: पोखरामा महावीर पुन

पोखरा:   प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले तत्कालीन सरकारबाट आफुलाई ठेस लागेका कारण चुनावमा होमिन बाध्य भएको बताएका छन् ।

 

पोखरामा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुनले यस्तो अभिव्यक्ति दिएका हुन् । 

 

पुनले शिक्षासम्बन्धी अध्यादेश ल्याउन सम्बन्धित पक्षसँग पहल गरेपनि अस्वीकार गरेपछि राजिनामा दिन बाध्य भएको उल्लेख गरे । 

 

‘गर्न खोजेको कुरा त्यहाँ गर्न सकिन । ठेस लाग्यो अनिमात्र म चुनाव लड्ने निर्णय गरेको हो, उनले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभाथ्यो महावीरजीले दुई चारवटा कानून बनाउन खोज्नुभाथ्यो रिसाएर जानु भो तर म रिसाएर गाको होइन ठेस लागेको हो । ठेस लागेकोलाई रिसाएको भन्न मिल्दैन ।’

 

उनले ल्याउन चाहेको शिक्षासम्बन्धी अध्यादेश माघ ४ गते अघिनै आउने सकेको भए आफु चुनावमा होमिन नपर्ने सुनाए । 

 

‘यदी मैले ल्याउन खोजेको त्यो अध्यादेश माघ ४ गते अघि आएको भए म चुनावमा आउनै पर्थेन, उनले भने, ‘संसदबाटै त्यो कानून अगाडी लैजान पर्ने भएर नै म अघि सरे ।’

 

उनले आफु नेता बन्न र राजनीति गर्न नभई समाजसेवा गर्न चुनावमा होमिएको स्पष्ट पारे । 

 

‘म कसैसँग प्रतिस्पर्धा गर्न, राजनीति गर्न र नेता बन्न संसद भवन छिर्न खोजेको होइन, समाजसेवा गर्न र अहिले नआएको शिक्षासम्बन्धी अध्यादेश ल्याउन संसद छिर्न लागेको हो’, उनले भने । तर, प्रधानमन्त्री शुशिला कार्कीले भने शिक्षासम्बन्धी अध्यादेश छोटो समयमै ल्याउन नसकिने भन्दै प्रष्ट पारेकी थिइन् ।

 

सोही अध्यादेश जारी हुने सम्भावना नदेखेपछि चुनावमा होमिएको पुनले दोहोर्याए । 


 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्